कञ्चनपुर। कञ्चनपुरको दोधाराचाँदनी र बेलौरीबाट प्रहरीले लागुपदार्थ ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरेको छ ।
कञ्चनपुर प्रहरीका अनुसार दोधाराचाँदनी नगरपालिका–१ स्थित महाकाली नदीमा निर्माणाधिन चारलेन पुल नजिकबाट ०.३१ ग्राम ब्राउनसुगर जस्तो देखिने धुलोपदार्थ भीमदत्त नगरपालिकाका २ युवक पक्राउ परेका हुन्।पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१२ का २२ वर्षीय मौसम भट्ट भन्ने महेश भट्ट र सोही नगरपालिकाको १७ नम्बर वडाका २६ वर्षीय कपिल भट्ट रहेका बताइएको छ।
आईतबार दिउँसो अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको टोलीले शङ्का लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।उनीहरु सवार एउटा स्कुटीसहित दुबै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
यसैगरि, बेलौरी नगरपालिका–६ बैशाखा पुलबाट २.३५ ग्राम ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थसहित सोही ठाँउ बस्ने बर्ष २५ को उत्तम बुडाल र बर्ष २८ को महेन्द्र बुडाललाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आइरहेका बेला शङ्काको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले एउटा मोटरसाईकलसहित दुबै जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।