अछाम। अछाममा जिप दुर्घटनामा परेको छ । सोमबार बिहान जिल्लाको चौरपाटी गाउँपालिका १ स्थित बिउनी भन्ने स्थानमा से१ज ४९० नम्बर जिप दुर्घटनामा परेको हो ।
गैरिलेक बजारबाट खान्डाँडातर्फ यात्रु ल्याउन जाने क्रममा जिप दुर्घटनामा परेको प्रहरी चौकी सिउँडीले जनाएको छ । सो जिपमा चालक मात्रै रहेको बुझिएको छ ।चालक धर्म बहादुर थापा सामान्य घाइते भएको प्रहरी चौकी सिउँडीका प्रमुख तथा सहायक प्रहरी निरीक्षक (असई) लोक बहादुर विष्टले जानकारी दिए ।
उनलाई उपचारका लागि वयालपाटा अस्पताल लिने तयारी भइरहेको उनले बताए।जिप भने पूर्ण रुपमा क्षति भएको बताइएको छ । जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो ।