धनगढी। धनगढी उपमहानगरपालीका वडा नम्बर ३ का गौसालाका गाईलाई आहारा खुवाइएको छ। पशु कल्याण धनगढी समितीले पुर्णिमा तथा चन्द्रग्रहणको अवसर पारेर शनिवार धनगढी-३ चटकपुर गौसालाका १०८ गाईलाई आहारा खुवाइएको समितीका अध्यक्ष चेतराज यस्पाल अवस्थीले बताए। उनका अनुसार समितीका बिभिन्न पदाधिकारी तथा सहयोगीहरु गौसालामै पुगेर १०८ गाईहरुलाई १ कठा गुड र ३० दर्जन केरा खुवाइएको हो। साथै पशु कल्याण समितीद्वारा बाटोमा छाडिएका गाईहरुलाई आहारा खुवाउने कार्यक्रम अन्तर्गत धनगढी ३ चटकपुरको गौसालामा रहेको १०८ गाईलाइ पनि आहारा खुवाइएको पशु कल्याण समितीका अध्यक्षले बताए। उनले सहयोग गर्ने सबै गौ भक्त महानुभावलाई धन्यवाद दिएका छन्। पशु कल्याण धनगढी टिमको सहयोगमा अझै विभिन्न ठाँउ तथा सडकमा छाडिएका गाईहरुको उपचार सहित आहारा खुवाउने कार्यक्रम रहेको बताएका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.