धनगढी : दशैको अवशरमा गाउँहरुमा नाटक तथा सांस्कृतीक कार्यक्रम भइरहेका छन् । थारु संस्कृतीको जगेर्ना तथा युवाहरुलाई कुलतबाट जोगाउने उद्देश्यका साथ शन्देशमुलक नाटक सहित धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मनेहरामा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । गतिसिल युवा क्लवको आयोजनामा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । आइतबार आयोजित सांस्कृतिक कार्यक्रममा थारु संस्कृती झल्किने नाच र नाटक प्रस्तुत गरिएको क्लवका अध्यक्ष प्यारे चौधरीले बताए ।

थारु संस्कृती संगै थारु खानपान सहितको सांस्कृतिक कायृक्रम आयोजना गरिएको चौधरीले बताए । पुर्ब मन्त्री तथा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य नारदमुनी रानाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला राना, धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष शेर बहादुर महरा लगायतका अतिथीहरुको सहभागिता थियो । यस्ता कार्यक्रमले दशैँको रमाइलो संगै संस्कृती जगेर्नामा महत्वपुर्ण भुमिका खेल्ने पुर्ब मन्त्री रानाले बिश्वास ब्यक्त गरेका छन् ।



