कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा घाँटी रेटेर एक महिलाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर ४ बेल्कुण्डी स्थित ५५ वर्षिया महिला किस्नी देवी डगौराको बुधवार विहान मृत्यु भएको हो ।
उनको कैलाली स्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीर बहादुर बुडाऐरले बताए । मृतकका आफन्तका अनुसार उनी आफैंले धारिलो हतियारले घाँटी रेटेर हत्या गरेकी थिइन्।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बुडाऐरले बताए । “उनी आफैंले हत्या गरेकी हुन् वा हत्या गरिएको हो,यस विषयमा हामी अनुसन्धान गर्दैछौँ,शवको पोष्टमार्टम रिपोर्ट पछि घटनाका सम्बन्धमा थप खुल्ने छ,प्रहरी निरीक्षक बुडाऐरले भने ।” घटना रहस्यमय रहेको बताइएको छ ।