धनगढी। चाडपर्व सुरु भएपछि सुदूरपश्चिमको तराईका जिल्लाबाट पहाडी जिल्ला जाने यात्रुको संख्या बढेको छ। पढाई तथा बिभिन्न कामको सिलसिलामा तराई झरेका र जिल्ला बाहिर गएकाहरु घर फर्किन थालेपछि धनगढी तथा अत्तरीया बषपार्कमा यात्रुहरुको भिड बढेको हो।
दसैँ मनाउन डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी, डडेल्धुरा तथा दार्चुला जिल्ला जाने यात्रुहरु टिकटका लागी बषपार्कमा पुग्ने गरेका छन्। तर बषपार्कमा टिकट पाउन सास्ती भैरहेको उनीहरुले बताएका छन्। धनगढी देखी बाजुरा जान टिकटका लिन धनगढी बषपार्क पुगेका राज कुमार थापाले टिकट नपाएको बताए। पेट्रोल र डिजेटको भाउ घटेपनी टिकटको मुल्य नघटेको र पुरानै मुल्यमा पनी टिकट नपाएको उनले गुनासो गरेका छन्।
चाडवाडको बेला अरिरिक्त बस राखे पनी त्यस्मा दोब्बर भाडा तिर्दा पनी टिकट पाउनै मुस्कील भएको बताए। गाडीमा पनी खचाखच यात्रु भएकाले धेरै भिड रहेको उनले बताए । ओभरलोड गाडी जान्छन्, यस्तो अवस्थामा यात्रा असुरक्षित हुने गरेको बताए। उनले भने, टिकट काउन्टर बालाहरु टिकट नै छैन् भन्छन्, टिकट बुकिङ्ग हुनुभन्दा पहिला नै सटेज भैराछ उनले भने । यसमा यातायात ब्यवसायी तथा सरकारले ध्यान दिनुपर्ने उनले बताए । यस्तै धनगढी देखी बझाङ् जान लागेका गणेश जोशीले पनी टिकट पाउनै समस्या भएका बताएका छन्।
उनले बिद्यार्थीहरुलाई टिकट पाउन र पहाडमा पठाउन पनी सास्ती भैरहेको बताए। अघिकाँस तराईबाट बढी जस्तो बिद्यार्थीहरु पहाड दशैँ मनाउन जाने भएकाले बषपार्कबाट टिकट पाउन र घर जान समस्या भएको उनको भनाई छ। उनले धनगढी देखी बझाङ्ग सम्म ११ सय ५५ भएपनी २ हजार देखी ३ हजार सम्म दोब्बर भाडा तिर्नुपर्ने समस्या रहेको बताए। साथै उनले ४ गते सम्म टिकट बुकिङ् भन्दै काउन्टर नै बन्द गर्न लागेको बताए। त्यसपछि यात्रु तथा बिद्यार्थी अलपत्र पर्ने उनले बताए। नाम नभन्ने सर्तमा एक यात्रुले बस नम्बर र यातायात प्रालिको नामसमेत नभएका टिकट बिक्री हुँदै आएको बताए।
उनले अग्रिम टिकट खरिदका लागि बसपार्कमा गएपनी बसपार्कमा टिकट नपाइएको उनले बताए। त्यसपछि काउन्टरबालाले बाहिर जान भनपछि बाहिर एक हजार रुपैयाँ बढी तिरेर टिकट पाएको बताए। उनले उक्त टिकटमा प्रालिको नाम नभएको र खाली कागजको खोस्टो जस्तो भएको बताए। धनगढी बसपार्कबाट पहाडी जिल्लामा जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ्ग खुला गरिएको छ। तर, बसपार्कका काउन्टहरुमा टिकट पाउन समस्या हुने गरेको यात्रुको गुनासो छ।
यता सुन्दर सुदुरपश्चिम यातायात प्रालीका कोषाध्यक्ष गोबिन्द शाहले पहाडी तथा तराई क्षेत्रमा यातायातको सहज सेवा दिएको र महङ्गो भाडा नलिन यातायात ब्यवसायीलाई आग्रह गरिएको बताए । काठमाण्डौँ तथा भारतबाट आउने यात्रुहरुलाई मध्यनजर राख्दै थप बसको ब्यवस्था गरिएको बताए। बषपार्क बाहिरबाट टिकट खरिद नगर्न आग्रह गर्दै कुनै यात्रुले महङ्गो भाडा तिरेको भए स्वयम मालिक र चालक हुनुपर्ने बताए। गुनासो आए सुदुरपश्चिम यातायात प्रालीबाट कार्वाही गरिने समेत उनले बताए।


