कञ्चनपुर। कञ्चनपुरमा पसलबाट मदिरा चोर्ने तीनजना पक्राउ परेका छन्। बुधबार कञ्चनपुरको झलारिस्थीत बम टेर्ड्रस एण्ड मदिरा पसल र एभरेष्ट मदिरा पसलबाट मदिरा चोरी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय झलारीका अनुसार बुधबार ति दुबै पसलबाट मदिरा चोरी गरेको आरोपमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का प्रविन भनिने ओम प्रकाश ओली,वडा नम्बर ११ का आकाश तिरुवा र कमल तिरुवालाई पक्राउ गरेको हो। आज ईलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेर उनीहरुलाई सार्वजनिक गरेको हो। उनीहरमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


