धनगढी। धनगढी उपमहानगरपालिका-३बाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेलबाट १ ग्राम लागूऔषधसहित सोही ठाँउका २२ वर्षीय रोहित तामाङ मंगलवार दिउँसो पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।उनी माथी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


