दार्चुला। दार्चुलामा घाँस काट्ने क्रममा ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । दार्चुलाको दुहुँ गाउँपालिका–१ बाच्पालीका दिलिप सिंह महरको श्रीमती ५० वर्षीया जयमती महरको ढुंगा लागेर आइतवार मृत्यु भएको हो।
आइतबार दिउँसो घाँस काट्ने क्रममा रातापोड भन्ने ठाउँमा भिरमाथिबाट खसेको ढुंगा टाउकोमा लागेर जयमती गम्भीर घाइते भएकी थिइन् । घाइते जयमतीको जिल्ला अस्पताल दार्चुलामा उपचारकै क्रममा आइतबार साँझ नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।