धनगढी। धनगढी उपमहानगरपालीका वडा नम्बर ३ को नवनिर्मीत वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। आईतबार एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश बहादुर देउवा, धनगढीका नगर प्रमुख गोपाल हमाल,वडा नम्बर ३ का वडाअध्यक्ष राज बहादुर ऐर लगायत अन्य वडाका वडाअध्यक्षको उपस्थिीतीमा नवनिर्मीत वडा कार्यालयको भवनको उद्घाटन गरिएको हो।
वडा अध्यक्ष राज बहादुर ऐरले धनगढी वडा नम्बर ३ एकदमै डुवान र कटान ग्रस्त वडा रहेकोले पटक पटक वडा बासीले सो समस्या झल्दै आएको भन्दै नगर प्रमुख र भौतिक पुर्वाधार मन्त्रीको ध्यानाकर्षण गराए । यस्तै एडिबीले गरेकोे कार्यक्रमको अझै प्रभाबकारीता नभएको र द्रुत गतिमा काम अघि नबढ्दा भन्दै बिकासमा ढिलासुस्ती र वडाबासीले हैरानी खेप्नुपरेको बताए। साथै उनले बसपार्कको काम चाँडो हुनुपर्ने र फाप्ला क्रिक्रेट मैदानको लागी पहल चालिनुपर्ने दुईटा महत्वपुर्ण योजना छिटोभन्दा छिटो सुचारु गर्न माग गरेका छन्।
नयाँभवन स्थापना भएपछि कामकाजमा सहजता आउने नगर प्रमुख गोपाल हमालको भनाई छ। भवन स्थापनाले मात्रै नागरिकलाई सेवा सुबिधा नदिने भएकाले सबै कर्मचारी साथीहरुले छिटो छरितो न्यायपुर्ण तरीकाको सेवा दिने कुरामा बिश्वास रहेको बताए। बिभिन्न समस्या र जोखिममा पर्ने ३ नम्बर वडाका लागी सम्बन्धित बिषयहरुका लागी डिपिआर तयार भईरहेको बताए। बहुबर्षिय ठेक्का गर्नुपर्ने भएकाले काममा ढिलाई भएको र हाल १९सै वडामा ग्राभेलको काम भईरहेको हुंदा अन्य ठुला परियोजनाका लागी पहल भईरहेको उनको भनाई छ।
फाप्ला क्रिकेट र बषपार्क पनी बन्ने भएकाले वडा नम्बर ३ सबैभन्दा महत्वपुर्ण वडा बन्ने दाबी गरे। बषपार्क बनेपछि ट्राफिक तथा चहल पहल बढ्दा थप सडकको आवश्यता पर्ने र अहिले रणनितीक सडक बन्ने क्रममा रहेको बताए । नगर प्रमुख हमालले पहूँचको आधारमा नभई आवस्यकता र प्राथमिकताका आधारमा योजनाहरु छनोट र समेटिने भनाई राखेका छन् । यस्तै भौतिक पूर्वधार विकासमन्त्री प्रकाश बहादुर देउवाले बहुबर्षियका लागी बजेट स्विकृत अवस्था रहेकोले ३ तहका सरकारले चाँडो पहल गर्ने बताएका छन्।
ठुला परियोजना अनुसार संघीय सरकारको मातहतमा रहेका क्षेत्रका लागी बजेट बिनियोजन भईसककेको र फाप्ला अन्र्तराष्टिय क्रिक्रेट मैदान तयार पार्न भारतीय सरकासंग पनि पहल भईसककेको मन्त्री देउवाको भनाई छ।कार्यक्रममा वडाबाट बिभिन्न क्षेत्रमा योगदान पुर्याउने बिभिन्न ब्यक्तित्वलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, नगरप्रमुख गोपाल हमाल,प्रमुख प्रशाशकिय अधिकृत, वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष,वडा नम्बर १,वडा नम्बर २,वडा नम्बर ४ र वडा नम्बर १३ का वडा अध्यक्ष,वडा सदस्य,कार्यपालिका सदस्य,स्वयमसेवक, वडाबासी लगायत बिभिन्न बिशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो।