धनगढी। पशु कल्याण धनगढी समितीले सडकमा छाडा छोडिएका पशुचौपायालाई आहारा खुवाएको छ। केही दिनअघि छाडा तथा बेशाहारा चौपायाको व्यवस्थापन गर्न गठन गरिएको उक्त समितीले सडकमा छाडा छोडिएका पशुचौपायालाई आहारा खुवाएको र गाईहरुको घाटिमा चम्किने बेल्ट बाधिएको हो।
पशु कल्याण धनगढीका अध्यक्ष चेतराज यस्पाल अवस्थीले शनिवार पृति पक्षको अन्तिम दिन औशी भएकाले सो दिन धनगढी चौराहा देखि गोदावरी रोडसम्म सडकमा छाडा छोडिएका १०० भन्दा बढी पशुचौपायालाई आहारा खुवाइएको बताए। पशुचौपायाका लागी आहारा बिभिन्न सहयोगीदाताबाट उपलब्ध गराइएको थियो। यस्तै चाडपर्वका बेला सडकमा छाडा छोडिएका गाईबस्तुका कारण दुर्घटनाको जोखीम बढी हुने भएकाले पशुचौपायाको घाटिमा चम्किने बेल्ट पनि बाँधिएको बताएका छन्।
धनगढीमा छाडा तथा बेशाहारा चौपायाको व्यवस्थापन गर्न चेतराज यस्पाल अवस्थीको अध्यक्षतामा १५ जनाको समिती गठन गरिएको छ । समितीले धनगढीमा छाडा, बेशाहारा अपाङ्गता भएका चौपायाको व्यवस्थापन र संरक्षण गर्ने बताइएको छ। यस्तै धनगढी उप-महानगरपालिका भित्र रहेका छाडा पशु चौपायाहरुको उपचार र व्यवस्थापनको निम्ति काम गर्ने र बिस्तारै कैलाली जिल्लाभरका बेसाहरा छाडा चौपायाहरूको भलाइ र व्यवस्थापन गर्ने योजना रहेको छ।