पोखरा। पोखराको लेखनाथ नगरपालीका वडा नम्बर १२ मा ग्याँसबाट हुने आगलागी सम्बन्धी सचेतना अभ्यास तथा डेमो प्रर्दशन गरिएको छ। लायन्स क्लब इन्टरनेश्नल डिष्ट्रक ३२५ आई नेपालको सेकेण्ड क्याबिनेट मिटिङबाट शनिवार उक्त सचेतना अभिमुखीकरण अभ्यास तथा डेमो प्रर्दशन गराइएको हो।
चाडपर्वको बेला ग्याँसबाट हुने आगलागीको पुर्व तयारी र आगलागीको सुरक्षा सम्बन्धि सचेतना जानकारी दिइएको “फायर प्रिवेन्सन एण्ड फायर कन्ट्रोल ट्रेनिङ प्रा. लि.”ले जनाएको छ। फायर प्रिवेन्सन तथा फायर कन्ट्रोलका संचालक अध्यक्ष धन बहादुर विष्टले ५०० जना सहभागीलाई ग्यांस सिलिण्डरको उपभोग्य मिती चेकजाँच गर्ने,ग्यास लिक भएमा गर्ने कारवाही, ग्याँस लिक चेक गर्ने तरिका, सिलिण्डरमा आगलागी भएमा कसरी सुरक्षीत रहने भन्ने बारेमा जानकारी तथा अभ्यास गराइएको बताए।
यस्तै ग्यास सुरक्षाका नियम, आगलागी उपाय तथा सुरक्षाका लागी उपलब्ध श्रोत साधनको प्रयोग गर्ने तरिकाबारे सैद्धान्तीक तथा प्रयोगात्मक जानकारी र अभ्यास समेत गरिएको फायर प्रिवेन्सन तथा फायर कन्ट्रोलका संचालक अध्यक्ष विष्टको भनाई छ । उनले अहिले चाडपर्वको बेला ग्याँसबाट आगलागी हुने सम्भावना बढी भएकाले सबैले सचेतना अपनाउन जरुरी रहेको बताएका छन्। उनले अहिलेसम्म देशका धेरै स्थानहरु यस सम्बन्धी तालिम तथा सचेतना दिइसकेको र अन्य क्षेत्रमा दिने योजना रहेको जानकारी दिए ।
यस्तै आगलागी हुनाका प्रमुख कारण र पुर्व तयारी तथा सुरक्षा, आगोकिन आवश्यक छ आगो के हो? आगो कहिले बल्द छ वा कसरी लाग्दछ, आगलागी भएमा समयमा के गर्ने? आगो लागी भएपछि के गर्ने? लाइभ ए क्लास फायर फाइटिङ अभ्यास तथा ड्रिल विभिन्न प्रकारका फायर दहन एजेन्टको प्रयोग गर्ने विधि तथा अभ्यास गरिएको छ। तालिम पछि सहभागीहरुले घरायसी महिलाहरुका लागी तालिम निकै उपयुक्त रहेको बताएका थियो। आगलागीबाट बच्न यस्ता तालिमले आफुसहित घरपरिवार तथा समाजलाई फाइदा पुग्ने भएकाले अतिआवस्यक रहेको बताएका थिए।भिडियो रिपोर्टसहित हेर्नुहोस् क्लीक तल…


