धनगढी। धनगढी उपमहानगरपालीकामा डेढ सय बढी व्यवसायीक फर्मदर्ता नगरी सञ्चालन गरेको पाइएको छ। धनगढी उपमहानगरपालीका र उपभोक्ता हित संरक्षण समितिले गरेको बजार अनुगमनका क्रममा अघिकाँस पसल तथा व्यापार व्यवसाय दर्ता बिना सञ्चालनमा रहेको भेटीएका हुन्।
नगर उप–प्रमुख नेतृत्वको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमन गरेको हो। चालु आर्थिक वर्षको तीन महिनामा ३९९ व्यवसायीक फर्ममा अनुगमन गरेकोमा १६० पसल तथा व्यापार व्यवसाय दर्ता बिना सञ्चालनमा रहेको पाइएको उपमहानगरपालीकाले जनाएको छ। उपमहानगरपालीकाका अनुसार यस्तै, २१४ पसल तथा व्यापार–व्यवसाय नवीकरण नगरी चलाइएका छन्।
बजार अनुगमन समितिले बजार व्यवस्था ऐन, २०७९ को दफा २४ को ४ अनुसार बजार अनुगमनका क्रममा नियम विपरीत सञ्चालनमा रहेका पसल, होटेल र अन्य व्यापारिक फर्मलाई दर्ता हुन, नवीकरण गर्न र नियमानुसार सरसफाइ कायम राख्न र मूल्य सूची र साइनबोर्ड राख्न निर्देशन दिइएको छ। धनगढी वडा नम्बर ७,८,९,१०,१२,१३,१४,१८ र १९ मा बजार अनुगमन समितिले साउन महिनामा १२६ पसल तथा व्यापार–व्यवसाय अनुगमन गरेको थियो।
अनुगमनका क्रममा गर्दा दर्ता बिनाका ६४ र ४९ पसल नवीकरण नगरी सञ्चालनमा रहेको फेला पारेको थियो। यस्तै भदौ महिनामा यस्तै धनगढी वडा नम्बर २, ३,४ तथा वडा नम्बर १५ र १६ मा बजार अनुगमन समितिले क्रममा गर्दा दर्ता बिनाका ३८ र १०२ पसल नवीकरण नगरी सञ्चालनमा रहेको फेला पारेको थियो। यस्तै असोज महिनामावडा नम्बर १, ४,५,७, ८ र १३ मा अनुगमनका क्रममा गर्दा दर्ता बिनाका ५८ र ६३ पसल नवीकरण नगरी सञ्चालनमा रहेको पाइएको छ । बजार अनुगमन समितिले अनुगमनका क्रमामा व्यापार व्यवसाय सञ्चालकले दर्ता नगरेको भए ७ दिन भित्र व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ।


