कैलाली। कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–१ बसपार्क नजिकबाट १ ग्राम लागूऔषधसहित अछामको साँफेबगर नगरपालिका-१० घर भइ हाल टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय मनोज भुल शुक्रवार दिउँसो पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट १ ग्राम भएको लागु औषध खैरो हेरोईन फेला पारी पक्राउ गरेको बताएको छ।यसैगरि कैलालीको धनगढी उपमहानरपालिका–३ त्रिनगर ब्यारेलबाट १ ग्राम लागूऔषधसहित धनगढी–१ पशुपती टोलका १८ वर्षीय किशोरी शुक्रवार दिउँसो पक्राउ परेकी छन्।पशुपति टोल बस्ने अनुस्का सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ति किशोरीले भारतबाट ब्राउन सुगर आफ्नो गुप्ताङ्क (योनी)भित्र १ दशमलव ६४ ग्राम ब्राउन सुगर लुकाइ छिपाई ल्याउदै गर्दा शंकाको आधारमा महिला प्रहरी तथा महिला स्वयम सेवकले चेकगर्दा उक्त लागुऔषध भेटाएका हुन्। लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी हवल्दार पदा सिंह बिष्टले बताएका छन्।