कञ्चनपुर। कञ्चनपुरमा अचेत अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ। कञ्चनपुर भीमदत्त नगरपालिका-४ बसपार्कमा लामो समय देखि माग्दै हिड्ने मानसिक अवस्था ठिक नभएको नामथर वतन नखुलेका ३० बर्षिय पुरुषको शुक्रवार मृत्यु भएको हो।
मृतकको नामथर ठेगाना खुलेको छैन् । सेतो गुलाबी कलरको धर्षा भएको सर्ट,भित्र कालो कलरको भेष्ट खैरोमा कालो धर्सा भएको ट्रेक कालो कपाल दारी पालेको दाहिने हात अपाङ्ग भएको पुरुष अचेत अवस्थामा फेला पारी तत्काल उपचारका लागी महाकाली प्रादेशिक अस्पताल पठाएको थियो । उनलाई अचेत अवस्थामा फेला पारी तत्काल उपचारका लागि महाकालि प्रादेशिक अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। ती व्यक्तिको शव महाकाली प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।


