धनगढी। कैलालीको धनगढीमा हुने हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको सह प्रायोजकमा माया मेट्रो हस्पिटलले साथ दिएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने तेस्रो संस्करणको हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको उपविजेता पुरस्कार माया मेट्रो हस्पिटलले प्रायोजन गरेर साथ दिएको हो।प्रतियोगिताको विजेताले नगद २५ हजार तथा उपविजेताले नगद १५ हजार सहित ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगितामा ६ टीमको सहभागीता रहने आयोजकले जनाएको छ।
लिककम नकआउटका आधारमा हुने प्रतियोगिता धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा असोज २७ र २८ गते आयोजना गरिन लागेको आयोजक खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए। धनगढीमा २५ करोडभन्दा बढीको लगानीमा अत्याधुनिक सेवा सुविधा सहितको ‘माया मेट्रो’ अस्पताल स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
धनगढी उपमहानगरपालिका–३ चटकपुरमा २५ शैयाको अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा,अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे तथा सिटीस्क्यान सेवा, आइसियु/एनआईसियु/पिआईसियु सेवा, वातानूकुलित क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा, चौबीसै घण्टा फार्मेसी लगायतको सेवा सुविधा रहेको छ। प्रतियोगिताको मुख्य प्रायोजक धनगढीको हिमालयन गौरीशंकर डेन्टल क्लिनिक रहेको छ । एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको सह–प्रायोजकमा माया मेट्रो हस्पिटल रहेको छ । प्रतियोगिता आयोजनामा ज्योती आयल स्टोर, नवजीवन अस्पताल, सनराईज बैंक, एभरेष्ट बैंक, फ्ल्याटल्याण्ड फुटसल लगायतले सहयोग गरेका छन।