धनगढी। पशु कल्याण धनगढीको अध्यक्षमा चेतराज यस्पाल अवस्थी चयन भएका छन्। धनगढीमा छाडा तथा बेशाहारा चौपायाको व्यवस्थापन गर्न यस्पाल अवस्थीको अध्यक्षतामा १५ जनाको समुह गठन गरिएको हो।
पशु कल्याण धनगढी संस्थाको उपाध्यक्षमा धनगढी ५ का प्रदिप जोशी, महासचिव धनगढी १३ का पुष्पराज पन्त, सचिवमा धनगढी ३ की शान्ता धामी बस्नेत, कोषाध्यक्षमा धनगढी ३ की इश्वरी कुमारी जोशी चयन भएका छन् । यस्तै सदस्यहरुमा धनगढी ३ का रविन्द्र कार्की, हिरा कुमारी पाण्डे,धनगढी ५ का खेमराज पन्त,कृष्ण कुमार पन्त, केशव ओझा,उमेश जोशी छन् । यस्तै धनगढी ७ का बिरेन्द्र गिरी, शैलेन्द्र सिंह र धनगढी १३ का सुनिल भट्ट सदस्य रहेका छन् ।
विगत लामो समय देखी पशुको उद्धार तथा उपचार गर्दै आइरहेका उक्त जना मीलेर जिल्ला प्रशासन कार्यालय कैलालीमा पशु कल्याण धनगढी संस्था दर्ता गराइसकेका छन्। दर्ता भएकोे पशु कल्याण धनगढी संस्थाले धनगढीमा छाडा, बेशाहारा अपाङ्गता भएका चौपायाको व्यवस्थापन र संरक्षण गर्ने बताइएको छ।
नेपालको ऐन, कानुन र संविधानको अधिनमा रही संस्थाले तत्काल धनगढी उप-महानगरपालिका भित्र रहेका छाडा पशु चौपयाहरुको उपचार र व्यवस्थापनको निम्ति काम गर्ने र बिस्तारै कैलाली जिल्लाभरका बेसाहरा छाडा चौपायाहरूको भलाइ र व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष अवस्थीले बताएका छन्।अध्यक्ष अवस्थीको बिशेष पहलमा कैलाली जिल्ला भेट्नरि अस्पताल, गौसंरक्षणकर्मी लगायत बिभिन्न ब्यक्तीहरुको सहयोग मार्फत १०० भन्दा बढी पशुचौपायाहरुलाई लम्पी स्किन बिरुद्धको खोप लगाएका छन्। कैलालीका बिभिन्न स्थानमा ९० भन्दा बढी घाईते तथा अपाङ्गता भएका पशुचौपायाहरुको उपचार सेवा प्रदान गराइसकेका छन्।