धनगढी। धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिईएको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानरपालिका–१० बाट १७ वर्षीय मनिस रानालाई पक्राउ गरेको हो ।
धनगढी उपमहानरपालिका–१० गणपती ईटाभट्टा नजिकबाट ९४० मिलिग्राम लागूऔषधसहित रानालाई बिहीवार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।


