दार्चुला। दार्चुलामा नदीमा बगेर बालक बेपत्ता भएका छन्। दार्चुलाको चौलानी नदीमा बगेर शैल्यशिखर नगरपालिका–३ सुन्दरपुरका महेश दमाइको ६ वर्षीय छोरा हेमान्सु दमाइ बेपत्ता भएका हुन्।
हेमान्सु सोहि स्थानको चौलानी नदीमा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । उनी नदीमा नुहाउने क्रममा सोमबार दिउँसो बगेर बेपत्ता भएका हुन् । इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट प्रहरी टोली खटिएर बेपत्ता बालकको खोजी भइरहेको जनाइएको छ।