कैलाली। नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टले पार्टी नेता कार्यकर्ताहरू कुखुरा प्रवृत्ति नभई चिल प्रवृत्ति अपनाउन सुझाब दिएका छन्। नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अधिवेशनमा उनले माथिल्लो तहबाट नियाल्ने गरी चिल प्रवृत्ति अपनाउन नेता कार्यकर्ताहरूलाई सुझाव दिएका हुन्।
‘हाम्रो अध्यक्ष केपी शर्मा ओलीमा चिल प्रवृत्ति छ उहाँले माथिल्लो तहबाट सबै नियालिरहनु भएको छ। यहाँ सबै नेता कार्यकर्ताहरूमा थोरै पनि त्यो गुणलाई समात्ने चिल प्रवृत्ति चाहियो’, उनले भने, ‘कुखुरा जस्तो अरूको शिकार हुने प्रवृत्ति चाहिएको होइन।’छलफलबाट सुदूरपश्चिमको भविष्य र पार्टीलाई एकताबद्ध बनाउन सक्ने नेतृत्व आवश्यक रहेको भट्टले बताए।
नेतृत्वसँग छलफल गरेर सर्वसम्मत र सही नेतृत्व चयन गर्नु पर्नमा उनले जोड दिए। अबको आन्दोलनको नेतृत्व केपी ओलीले मात्रै गर्न सक्ने बुझाइका साथ केपी ओलीको पक्षमा र एकताको पक्षमा उभिएको उनले बताए। उनले सर्वसम्मतकाको विषयमा आफूले भनेको मात्रै लागु हुने भन्ने कुरा नहुने बताए। मैले भनेको मानेपछि सर्वसम्मत अर्काले भनेको सर्वसम्मत नहुने भन्ने कुरालाई पनि मूल्याङ्कन गर्नु पर्ने बताए।


