धनगढी। नेपाल कमर्शियल आर्टिष्ट संघ धनगढी कैलालीको अध्यक्षमा विरेन्द्र परियार सर्व सम्मत चयन भएका छन्। नेपाल कमर्शियल आर्टिष्ट संघ धनगढीको तदर्थ समिती गठन र कार्य समिती सर्वसम्मतले चयन गरी बैधानीकता दिने निर्णयपछि अध्यक्षमा परियार सर्व सम्मत रुपमा चयन भएका हुन्।
यस्तै कार्य समितीको उपाध्यक्षमा श्रवण कुमार कठरिया, सचिवमा अशोक श्रेष्ठ, कोषाध्यक्षमा जीवन पोख्रेल चयन भएका छन्। यस्तै सदस्यहरुमा धर्म बहादुर बिष्ट, हिमु सोब, लाल बहादुर चुनारा, रती राम चौधरी चयन भएका छन् । कृष्ण प्रशाद चौधरी,जगदीश पन्त, छेदु राम चोधरी, दिपेन्द्र प्रकाश पन्त,अमर बहादुर सुनार, गोपाल प्रशाद चौधरी चयन भएका छन्।यस्तै सल्लाहकार संयोजकमा मोहन कुमार सोब, सल्लाहकार सदस्यमा झपट बहादुर थापा र लक्ष्मण नेपाली रहेका छन्।यही असोज १५ गते केन्द्रिय सदस्य कमल राज श्रेष्ठको उपस्थितीमा धनगढी कैलालीको श्रम जिवी आर्टिष्टहरुको बृहत भेलामा तदर्थ समिती गठन गरीएको थियो।असोज २० गते शनिवार बसेको बृहत बैठकमा सोही तदर्थ समितीलाई नेपाल कमर्शियल आर्टिष्ट संघ, धनगढी कैलालीको कार्य समिती सर्वसम्मतले चयन गरी बैधानीकता दिने निर्णय पारीत गरीएको छ। तदर्थ समितीको श्रमजिवी आर्टिष्टहरु संगठीत बनाई एकताबद्ध ढंगले स्वरोजगार तथा श्रमिकहरुको पेशागत र व्यवसायिक अधिकारको समुचित ढंगले रक्षा गर्ने र वातावरण, संस्कृती संरक्षणको रचनात्मक सन्देश मुलक कार्यहरु संचालन गर्ने उदेश्य रहेको छ ।