धनगढी। कैलालीमा शनिवार बिदाका दिन अनुमति बिना सञ्चालनमा रहेका १० सरकारी गाडी प्रहरी नियन्त्रणमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरका तीनसहित प्रदेशका विभिन्न सरकारी कार्यालयका गाडीहरु चलाएको भन्दै नियन्त्रणमा लिइएको जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार धनगढी उपमहानगरपालिकाको से १ ब १२०८, सुदूरपश्चिम प्रदेश ०१–००१ ब १३३७ र सुदूरपश्चिम प्रदेश ०१–००१ ब १४९० नम्बरको गाडी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयको से १ ब ८१४, कैलारी गाउँपालिकाको सुदूरपश्चिम प्रदेश ०१–००१ ब १४३१ नम्बरको गाडी, पशुराम नगरपालिका वडा नम्बर १० को बा २ ब ८१८९ नम्बरको मोटरसाइकल, सहरी विकास कार्यालय, धनगढीको म १ ब ३७८ नम्बरको गाडी, मालपोत कार्यालय, बेलौरीको सुदूरपश्चिम प्रदेश ०१–००१ ब २२५७ को सवारी साधन, जिल्ला खानेपानी कार्यालय, अछामको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३८३ र डिभिजन वन कार्यालय, पहलमानपुरको बा १ झ ४५५७ नम्बरको गाडी ट्राफिकले नियन्त्रणमा लिएको हो।
सरकारी कामकाजबाहेक अन्य काममा प्रयोग गर्न नपाइने सरकारी गाडी कैलालीमा जनप्रतिनिधि र कर्मचारीले आफू अनुकूल सरकारी गाडीको प्रयोग गर्न थालेको हो । कैलालीमा सरकारी गाडीको दुरुपयोग बढ्दै गएको छ। विभिन्न मेला महोत्सव, घुमघाम र निजी काममा समेत सरकारी गाडी प्रयोग भइरहेका छन्। क्रान्तिकारी युवा संगठन नेपाल, कैलालीले मात्र आज बिदाको दिन अछाम जिल्ला खानेपानी कार्यालय र पहलमानपुर डिभिजन बन कार्यालयको गाडी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कैलालीलाई हस्तान्तरण गरेको छ।