कञ्चनपुर। कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ सिमलफाँटाबाट ६ दशमलव ६५ ग्राम लागुऔषधसहित सोही स्थानका २३ वर्षीय अर्जुन ऐर पक्राउ परेको प्रहरीले जनाएको छ।
शुक्रवार साँझ उनलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई लागुऔषध तौल गर्ने एक थान तराजुसहित पक्राउ गरेको हो। पक्राउ परेका उनी माथी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।