कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ। भने एक जना घाइते भएका छन्। सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार शुक्रवार राति १० बजे मोटरसाइकल दुर्घटना भएको हो।
कञ्चनपुरको दोधाराचादनी नगरपालिका–६ मा दुर्घटना हुँदा सोही ठाँउका २५ वर्षीय चालक गोपाल सुनारको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार म १ प २४६८ नम्बरको मोटरसाइकल र से २ प १४५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। यस्तै घाइतेको भएका अर्का एक जनाको परिचय खुलेको छैन्। उनको अहिले भारतमा उपचार भैरहेको कञ्चनपुर प्रहरीले बताएको छ।