धनगढी। कैलालीको जानकी गाउँपालिका युवकमाथि धारिलो हतियार प्रहार गरिएको छ। कैलालीको जानकी गाउँपालिका-९ मा पुर्वखैरी फाँटाका २३ बर्षका हेमराज गिरीमाथि धारिलो हतियार प्रहार गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले बताएको छ।
प्रहरीका अनुसार बिहीबार राति ती युवकमाथि सोही ठाउँका २४ वर्षीय उदय बिक र ३१ वर्षीय जीवन भारतीले धारिलो हतियार प्रहार गरेका हुन्।धारिलो हतियार प्रहारबाट घाईते भएका गिरीको टाउकोमा चोट लागेकोले उपचारका लागी नेपालगन्ज पठाइएको छ। उनको अहिले उपचार जारीरहेको प्रहरीको भनाई छ। हतियार प्रहार गर्ने भारतीलाई प्रहरीले चिसापानीबाट पक्राउ गरेको छ। भने अर्का उदय विक फरार रहेकाले उनको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ।