प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई एक तह बढुवा दिने निर्णय गरेका छन्। चीनको हाङ्झाउमा भएको १९ औं एशियाली खेलकुदअन्तर्गत टी–२० क्रिकेटमा विश्व र्कीतिमान बनाएका क्रिकेटर ऐरी नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तान छन्।
उनी प्रहरी जवान हुन्। महानिरीक्षक कुँवरले ऐरीलाई बधाई दिँदै संगठनका तर्फबाट पुरस्कारसहित सहायक हवल्दार पदमा बढुवा गरेका हुन्। ऐरीले सेप्टेम्बर २७ मा मंगोलिया विरूद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरूष क्रिकेट टिमको तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी विश्व कीर्तिमान कायम गरेका थिए।
प्रहरी महानिरीक्षकले बढुवा गर्न सक्ने अधिकार प्रहरी नियमावली अनुसार ऐरीको महानिरीक्षक कुँवरले बढुवा गरेका हुन।ऐरीले सेप्टेम्बर २७ मा मंगोलिया विरूद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरूष क्रिकेट टिमको तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी विश्व कीर्तिमान कायम गरेका थिए । प्रहरी महानिरीक्षकले प्रहरी नायब निरीक्षक (सई) सम्म एक आर्थिक वर्षमा १० जनाको बढुवा गर्न सक्ने अधिकार प्रहरी नियमावलीले दिएको छ ।