अछाम। अछामका एक युवक जंगलमा मृत अवस्थामा फेला परेका छन्। अछामको बान्नीगढी जयगढ गाउँपालिका-५ बजकोटका चक्र साउँदका २३ वर्षीय छोरा अशोक साउँद जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साउँद आफ्नै घरदेखी पश्चिमतर्फ रहेको कालिका कालापाटा स्थित जंगलमा मृत अवस्थामा फेला परेका हुन्। साउँद जंगलमा मृत अवस्थामा फेला परेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको जनाएको छ।