कञ्चनपुर। कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलडाँडी गाउँपालिका-२ क्याम्प नजिकबाट भीमदत्त नगरपालिका-२ उल्टाखामका २७ वर्षीय राजु चौधरी र भीमदत्त नगरपालिका-१९ बागफाँटाका २० वर्षीय अमित चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
बुधबार साँझ बेलडाँडी गाउँपालिका-२ मा शङ्का लागी चेकजाँच गर्दा अमित चौधरीको साथबाट ४ ग्राम ३२० मिलिग्राम लागु औषध खैरोहिरोइन बरामद गरेको हो। इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिईएको प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी दुबैलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्कर राज पन्तले जानकारी दिए। उनीहरू दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।


