कैलाली। कैलालीको अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीले चाडपर्वलाई लक्षित गरी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत यात्रु सहायता कक्ष राखेको हो।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बिजया दशमी, दिपावली र छठ पर्वलाई मध्यनजर गरी यात्रु सहायता कक्ष राखिएको बताए। यात्रु सहायता कक्षले नागरिकहरु तथा सवारी साधनहरुको आवगमनमा सहज र सुरक्षित हुने विश्वास लिइएको छ । उक्त कक्ष मार्फत चाडपर्वका बेला यात्रुहरुलाई हुने असहजता , लुटपाट नियन्त्रण र अन्य सुरक्षाको कार्य गरिने बताइएको छ ।