धनगढी : सुदूरपश्चिम प्रदेशका उधोग, पर्यटन बन तथा वातावरण मन्त्री रमेश सिहं धामी र भुमी, ब्यवस्था, कृषी तथा सहकारी मन्त्री रामेश्वर चौधरी त्रिनगर भन्सार पुगेका छन् । पर्यटनका क्षेत्रमा देखिएका समस्या संगै भन्सार क्वारेन्टाइनमा देखिएका समस्या लाई लिएर मन्त्रीद्वय त्रिनगर भन्सार निरिक्षणमा पुगेका हुन् । मन्त्री धामी र चौधरीले त्रिनगर स्थित प्लान्ट, क्वारेण्टिन एण्ड बिषादी ब्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय टुरमुकाम मोहना कैलाली र पर्यटन इकाई त्रिनगरको स्थलगत निरिक्षण गरेका हुन् ।
उनिहरुले पर्यटकहरु आउने र नेपालीहरु भारत जाने बारे तथ्याकंको जानकारी समेत लिएका छन् । सो जानकारी लिदै उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश धामीले सुदूरपश्चिमको प्रमुख आर्थिक श्रोतका रुपमा रहेको पर्यटन क्षेत्रको बिकासका लागी नाकामा सहज बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भारतबाट नेपाल आउने पर्यटकहरुलाई राम्रो ब्यवहार र उहाँहरुलाई सजिलो गरी सुदूरपश्चिमका पर्यटकिय क्षेत्रबारे राम्रो सित जानकारी दिनुपर्नेमा जोड दिए । उनले सिमामा रहेका सुरक्षाकर्मीहरुलाई पर्यटकहरुसंगको ब्यवहार राम्रो गर्न निर्देशन दिए ।
यस्तै त्रिनगर स्थित प्लान्ट, क्वारेण्टिन एण्ड बिषादी ब्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय टुरमुकाम मोहना कैलालीको अनुगमन गर्दै मन्त्रीद्वय धामी र चौधरीले सरकारले तत्काल क्वारेण्टिन सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । उनिहरुले संघ सरकार संग पहल गरी आवश्यक सहजीकरणका लागी पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।