कञ्चनपुर। कञ्चनपुरमा लागूऔषध खैरो हेरोईनसहित तीन जना पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर-६ ऐठपुरबाट ३.३९ ग्राम खैरो हेरोईनसहित कृष्णपुर नगरपालिका-५ का २० वर्षीय सुवास चन्दसहित तीन जना मंगलबार साँझ पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिईएको प्रहरी टोलीले चन्दको कोठामा लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा कोठामा खानतलासी गरेको थियो। खानतलासीका क्रममा लागूऔषध खैरो हेरोईन प्रहरीले फेला पारेको हो। लागूऔषध खैरो हेरोईनसहित पक्राउ परेका तिनै जनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।