दार्चुला। दार्चुलामा चार किलो बढी चरेससहित दुई जना पक्राउ परेका छन्। दार्चुलाको मार्मा गाउँपालिका–१ ताकुका २८ वर्षीय विर्ख ठगुन्ना र घोल्जरका २० वर्षीय सहदेब ठगुन्ना चरेससहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मंगलवार राति साढे १ बजेतिर शैल्यशिखर नगरपालिका–३ कर्कलेमा उनीहरुलाई चेकजाँच गर्दा ४ किलो १०० ग्राम चरेस र जोख्ने तराजु फेला परेको थियो।
उनीहरु गोकुलेश्वरतर्फ आइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले चरेससहित पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान र छानबिन भैरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए।