कञ्चनपुर। कञ्चनपुरमा झण्डै साढे चार लाख बराबरको सामान बरामद गरिएको छ। जिल्लाको विभिन्न स्थानबाट चार लाख ३८ हजार मूल्य बराबरका सामान मङ्गलवार प्रहरी गस्ती टोलीले बरामद गरेको हो ।
भिमदत्त नगरपालिका-८ तिलाचौरबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी एक लाख ३८ हजार मूल्य बराबरको बिडी र भिमदत्त नगरपालिका–१० गड्डाचौकीबाट अन्दाजी तीन लाख मूल्य बराबरको कपडा, चप्पल लगायतका सामान प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको छ । उक्त सामान आवश्यक कारबाहीका लागी गड्डाचौकी भन्सार कार्यालय पठाएको छ।