दार्चुला। मंगलबार दिउँसो दार्चुलामा पनी भूकम्पको धक्का महसुस भएको छ। भूकम्पका कारण मार्मा गाउँपालिका-६ को वडा कार्यालय चर्किएको छ । भूकम्पले वडा कार्यालयको भित्ता चर्किएको वडा सचिव मोहनसिंह विष्टले बताए।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेट र अहिले भर्खरै ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो । बझाङको तलकोट केन्द्रविन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो।