धनगढी। कैलालीको गोदावरीमा एक जनाको साथबाट लागुऔषध भेटिएको छ। कैलालीको गोदावरी नगरपालिका-६ भुयँरामा २६ वर्षीय जयकिसन चोधरीको साथबाट ८६० मिलिग्राम लागुऔषध भेटिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले सोहि ठाउँमा बस्ने चौधरीलाई आज पक्राउ गरिएको जानकारी दिएको छ। उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिईएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।