धनगढी। मालिकार्जुन दार्चुला सेवा समितीको चौथो बार्षिक उत्सब तथा नवौँ साधारण सभा सम्पन्न भएको छ। आज आईतबार धनगढी ५ तारानगरमा रहेको सेवा समितीको भवनमा समितीका बरिष्ठ उपाध्यक्ष कालु सिँह धामीको प्रमुख सभापतित्वमा बार्षिक उत्सब तथा साधारण सभा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका माननिय तथा पुर्वमन्त्री मान बहादुर धामी सन्तोष र बिशिष्ट अतिथीमा सुदुरपश्चिम प्रदेशका माननिय तथा नेपाली काँग्रेसका प्रमुख सचेतक बिक्रम सिँह धामी रहेका थिए। प्रदेशका माननिय मान बहादुर धामी र बिक्रम सिँह धामी दार्चुलाबाट प्रदेश तर्फबाट प्रत्येक्ष निर्वाचित सांसद हुन्।चौथौ बार्षिक उत्सब तथा नवौँ साधारण सभामा दार्चुला सेवा समितीलाई योगदान पुर्याई थप उचाईमा पु¥याउनु हुने बिभिन्न ब्यक्ति तथा संघ संस्थालाई सम्मान गरिएको छ। साथै योगदान पुर्याउनु हुने ति बिभिन्न ब्यक्ति तथा संघ संस्थालाई सम्मान पत्र, प्रसंसापत्र बितरण गरिएको समितीले जनाइएको छ। यस्तै सो अवसरमा ४ वटा अक्षयकोषबाट छात्रबृति पनी बितरण गरिएको दार्चुला सेवा समितीका सचिव जनक सिँह सामन्तले जानकारी दिएका छन्।यस्तै आज (आईतबार) साधारण सभामा गणपुरक संख्या नपुगेकाले यही असोज २० गते शनिवार पुन: बस्ने गरी कार्यक्रम समापन गरिएको छ। कार्यक्रममा आगन्तुक बिभिन्न अतिथी तथा पाहुनाहरुलाई समितीकी उपाध्यक्ष जयन्ती धामीले स्वागत मन्तब्यद्धारा स्वागत गर्दै खादा तथा माला लगाएर स्वागत गरेकी थिइन्। कार्यक्रममा कलाकारहरुले आ-आफ्नो नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रम सञ्चालन समितीका सचिब जनक सिँह सामन्तले गरेका थिए ।