धनगढी : अपि हिमाल बेस क्याम्पको यात्राबाट धनगढी पुगे लगत्तै सुदूरपश्चिम प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले त्यहाँको सम्भावना र समस्या बारे मुख्यमन्त्री कमल बहादुर शाहलाई जानकारी गराएका छन् । धनगढी पुगे लगत्तै शुक्रबार मुख्यमन्त्री कार्यालयमा गएर मन्त्री धामीले मुख्यमन्त्री शाहलाई सो कुराको जानकारी गराएका हुन् ।
म दुई दिन जान र दुई दिन आउन गरी ४ दिन पैदल सहित ६ दिनको दार्चुला यात्रापछि धनगढी पुगेको छु, मन्त्री धामीले भने “मकरी गाडसम्म हामी गाडीमा गयौँ, त्यसपछि हाम्रो पैदल यात्रा शुरु भयो, निकै बिकटता छ अपी हिमाल गाउँपालिका र मार्मा गाउँपालिकामा, अपि हिमाल गाउँपालिका केन्द्रमा सडक पहुँच समेत पुगेको छैन ।” त्यहाँका जनताले धेरै समस्या दर्शाएका छन्, हिँडेर जनताका गाउँघरमै मन्त्री पुगेपछि गुनासा राख्ने अवशरपनि पाउनुभयो उनले भने “कतै बाटो, कतै ढल निकास, कतै तटबन्धनका समस्या देखिए, त्यसपछि मुख्य कुरो अपि बेस क्याम्पसम्म पुग्ने बाटोमा पर्ने चौलानी नदी माथीका केही पुलहरु जिर्ण छन्, त्यसमा फलामका पुलहरु हाल्नुपर्ने देखिएको छ, भुसा र सिति गाउँतिर बिधुत पुगेको छैन यि यस्ता समस्या हरु सो गाउँबासीका छन्, मैले गाउँबासीलाई अब केही परिवर्तन हुन्छ, केही न केही प्रदेश सरकारले तपाइको घाउमा मलम लगाउँछ भनेर आश्वासन दिएर आएको छु, कति सकिन्छ, मन्त्रीपरिषदबाटै केही निर्णय गर्नुपर्ने देखिएको छ, चासो दिइदिनुहोला ।”
अपि हिमाल बेस क्याम्प सम्म पुग्नका लागी पर्यटन मार्ग बनाइएको छ, त्यहाँ राम्रो सिंडीहरु छन्, केही खोलामा कल्भर्टको आवश्यक्ता छ उनले भने “माथी पुगिसकेपछि स्वर्गझैँ आनन्द आउँछ, अपि हिमाल, संगै ताल तलैया, त्यहाँको संस्कृतीले मनै प्रफुल्ल हुन्छ, यसको प्रचार प्रसार निकै बढी गर्न सके हामी देश तथा बिदेशबाट हजारौँ पर्यटकहरु तान्न सक्छौँ ।”
मन्त्री धामीको कुरा सुने पश्चात मुख्यमन्त्री शाहले भ्रमण सफल पारेर फर्केकोमा उनलाई बधाई दिए । प्रदेश सरकार केही गर्नकै लागी हरेक ठाउँमा पुगिरहेको छ । सरकारको मन्त्री तपाई अपि पुगेर आउनुभएको छ, त्यहाँका सम्भावना बारे तपाई प्रस्ट हुनुभएको छ मुख्यमन्त्री शाहले भने “अपिमा पर्यटक तान्न के के गर्नुपर्ने छ प्रदेश सरकार गर्छ र तपाइले दर्शाउनुभएको त्यहाँका जनताका समस्या बारे तपाइले आश्वासन दिए अनुसारनै काम गर्ने गरी हामी तयारी गर्छौँ, के के समस्या छन्, अपिमा देखाउने गरी मन्त्री परिषदको निर्णय बाटै काम हुन्छ तपाई ढुक्क हुनुस ।”