धनगढी। धनगढीमा अपांगता सवालमा कानुन नीति र बजेट विश्लेषणका निस्कर्श, अनुभव आदानप्रदान तथा पैरवी योजना सम्बन्धि कार्याशाला गोष्ठी गरिएको छ।
रास्ट्रिय अपांग महासघं नेपाल सुदुरपश्चिम प्रदेशको आयोजना र सिबिएम ग्लोबलको सहयोगमा UNCRPD अनुसार प्रदेश स्तरमा कानुन नीति र बजेट विश्लेशणका निस्कर्श, अनुभव आदानप्रदान तथा पैरवी योजना सम्बन्धि कार्याशाला प्रदेश सरकारका प्रतिनिधि र प्रदेश सभाका सदस्यर सरोकारवालाहरुसंग सम्पन्न गरिएको हो।
सुदूरपश्चिम अपांग महासघका प्रदेश सचीव नन्दराज भट्टको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सामाजिक बिकास समितिका सदस्य तुल्सी देवकोटा रहेका थिए । कार्यक्रममा बिशिस्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा लेखा समिति सदस्य शन्तोस कुमारी शर्मा थापा रहेकी थिइन्। उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचीव लक्ष्मीराज जोशी,प्रदेश योजना आयोगका सचिब पदम राज जोशी,आर्थिक मामिला मन्त्रालयका अधिकृत माध्व प्रशाद जोशी, अपांगता अभियान कर्मी भिम बहादुर शाह,उपेन्द्र खडायत, रुपारानी राई लगायत ३४ जनाको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण सुदूरपश्चिम अपांग महासघका प्रदेश सचीव नन्दराज भट्टले गरेका थिए। उक्त कार्यशाला गोष्ठीमा सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद ऐन २०७६ नियमावली २०७७ र कार्यबिधी २०७९ मा अपांगता सवालमा गहन छलफल भइ प्रदेश सरकारले त्यसमा संशोधन गर्नुपर्ने बुदाको टिपोट गरिएको थियो। यस्तै प्रदेश स्वरोजगार ऐन २०७५ नियमावली २०७७ र कार्यबिधी २०७८ माथी दफावार टिपोट गरि कानुन संशोधनका लागि प्रदेश सरकारलाई बुझाएको छ । सबै सरोकारवालाको प्रतिबद्धता सहित कानुन संशोधनको प्रतिबद्धता पत्र समेत तयार पारिएको छ।



