कैलाली। कैलालीको गोदावरी नगरपालिका ४ मा वन फडानी गरेर भवन बनाउन राजनीक दलहरु एकमत भएका छन्। कैलालीको गोदावरी नगरपालिकामा वन फडानी गरेर भवन वनाउन सबै राजनीक दलहरु एक मत भएका छन्।
वन फडानी गरेर वनाउन लागेको वडा नम्बर ४ को गोदावरी-४ को प्रशासकिय भवन वनाउन सबै राजनीक दलहरु एक भएका हुन। वन फडानी गरेर निर्माण भईरहेको वडा कार्यालयमा सबै राजनीक दलको उपस्थितीमा पत्रकार सम्मेलन आयोजना जानकारी दिएका हुन्। नगरपालिकाले रोकिएको भवन निमार्णको काम भोलिदेखि सुरु गरिने जनाइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै वडा अध्यक्ष हेमप्रकाश मल्लले सर्बदलिय बैठकबाट वनको बिचभागमा ठाउँ रोजिएको जिकिर गरे।उनले बन मास्ने वा बन अतिक्रमण गर्ने नियतले वडाको भबन बनाउन नखोजिएको प्रष्ट पारे। पत्रकार सम्मेलनमा सबै कृयाशिल पार्टीका स्थानिय नेताहरुको सहभागिता रहेको थियो। नगरप्रमुख विरेन्द्र भट्टले भवन निर्माणका लागि मुख्यमन्त्री,वनमन्त्री,भौतिक पुर्वाधार मन्त्री लगायतका वन संगै सम्बन्धिक कार्यालय संग समन्वय गरेर काम अगाडी बढाउन लागिएको बताए।
उनले नगरपालिका संग जग्गा पनि नभएको र किन्न सक्ने अवस्था पनि नभएकाले सार्वजनिक क्षेत्रमा वडाको प्रशासकीय भवन निर्माण गर्न लागिएको बताए । उनीहरुले वडा भबन निर्माणको पक्षमा एकबद्धता जनाएका थिए ।नगरपालिकाले वडाको भबन स्थानिय बसन्तपुर महिला सामुदायिक वन भित्र (पूर्वरोड सडक किनारा) बनाउन शुरु गरेको खबर बाहिर आएपछि बन कार्यालयले निर्माण को कार्य नगर्न भनेको थियो ।त्यस यता काम रोकिएको थियो । झण्डै १ करोड ३५ लाखमा भवन निर्माण गर्ने योजना भएपनि ठेक्का लगाउँदा ८६ लाखमा काम भइरहेको हो।