धनगढी। कैलालीको टीकापुरस्थीत रानीकुला सिचाई नहरमा एक जना मृत फेला परेका छन्।
टीकापुर नगरपालिका ४ बाघमारा बस्ने ६५ वर्षीय सुकराढु थारु सोही ठाँउ स्थित रानीकुला सिचाईको नहरमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार थारु शुक्रवार दिउँसो मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय टिकापुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।