धनगढी। कैलालीका विभिन्न स्थानबाट अबैध सामान बरामद गरिएका छन् । कैलालीको धनगढी, भजनीका विभिन्न ठाउँबाट ४६ हजार ६ सय मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ।
प्रदेश प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ भन्सार रोडबाट ३० हजार एक सय मूल्यका चिनी, पास्ता, मिठाई, चकलेट लगाएतका सामान बरामद गरिएका छन् ।
यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बाट सात हजारका सामान र भजनी नगरपालिका वडा नम्बर १ बाट नौ हजार पाँच सय ५० रुपैयाँ बराबरका बिडी, सुर्ती लगाएतका सामान बरामद गरिएका हुन् ।बिहिवार साँझ प्रहरीले बेवारिसे फेला पारेका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ। बरामद गरिएका समानमाथी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।