कञ्चनपुर। प्रस्तावित शिक्षा विधेयकविरुद्ध कञ्चनपुरका शिक्षक पनि आन्दोलित भएका छन्। जिल्ला शिक्षक संघ संगठनहरुले शुक्रबार सो विधेयकको प्रतिलिपी जलाएर विरोध प्रदर्शन गरेका छन् ।शिक्षकहरुले शिक्षा विकास तथा समन्वय इकाई कार्यालय महेन्द्रनगरको प्राङ्गणमै विधेयक जलाएका थिए।
उनीहरुले असोज ३ गतेबाट आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् । उनीहरुले शिक्षा विधेयक शिक्षकको हकहित भन्दा पनि शैक्षिक माफियाको पक्षमा भएको आरोप लगाए। नेपाल राहत शिक्षक समिति केन्द्रीय सह बरिष्ठ अध्यक्ष नविन सिह धामीले विधेयक शिक्षक, कर्मचारीको हित विपरित भएको यो कालो विद्येयकलाई जलाउने मात्रै परास्त गर्न असोज ३ गते देखि चर्को रुपमा सडक आन्दोलन थालिने चेतावनी दिएका छन।
नेपाल शिक्षक संघ सुप प्रदेशका अध्यक्ष बिर्ख बहादुर मल्लले विधेयक कालो भएकाले त्यस विरुद्धमा देशैभरीका शिक्षक आन्दोलनमा उत्रिएको र शिक्षक विरोध, योग्यतामाथि धावा बोल्ने कार्य भएकोले बाल विकास, विद्यालय कर्मचारी, राहत, अनुदान साविक उच्च मावि स्थायी सबै शिक्षक बिरोध विधेयक खारेजीका लागि सडक आन्दोलनको विकल्प नभएको बताए।
शिक्षकको हकहितका लागि दलको कार्यकर्ता बन्न नहुने भन्दै सरकारले अविलम्व शिक्षा विद्येयक निति परिमार्जन र संशोधनमा गनुपर्ने शिक्षकहरुले जोड छ। सरकारले शिक्षकहरुको विद्येयक ऐनमा पारित गर्नु भन्दा पहिले नै विभिन्न शिक्षक हकहितका लागी पैरवि गर्ने संघ-संस्थाहरु संग थप समन्वय गरि उचित विद्येयकका लागि पहल थाल्नु पर्ने उनीहरु बताउँछन्।