कञ्चनपुर। कञ्चनपुरको झलारीबाट एक युवतीको उद्धार गरिएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारबाट मानसिक स्वास्थ्य समस्या भएकी एक युवतीको उद्धार गरिएको हो।
आज बुधबार शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराको पहलमा भीमदत्त नगरपालिका-१३ पिपरियाकी २० वर्षीया सिमा सुनारको उद्धार गरिएको हो । दुई हप्तादेखि सडकमै बस्दै आएकी ती युवतीलाई उद्धार गरेर धनगढीस्थित मानव सेवा आश्रमको जिम्मा लगाइएको नगर प्रमुख महराले बताए ।
गत वर्ष ४ जना मानसिक समस्या भएका, बेवारिसे बालबालिका तथा महिलाको उद्धार गरेको र मानव सेवा आश्रमलाई पनि सहयोग गर्दै आएको उनले बताए। नगरपालिकाले गत वर्ष मानव सेवा आश्रमलाई १ लाख सहयोग गरेको थियो । ‘यस वर्ष पनि मानव सेवा आश्रमलाई सहयोग गर्ने नगरपालिकाको योजना रहको उनले जानकारी दिएका छन् ।