धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउदले देउडा संस्कृति सुदूरपश्चिमको पहिचान भएको बताएका छन् । उनले देउडालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक भएको समेत बताए ।
‘हाम्रो संस्कृति, हाम्रो पहिचानले कैलालीमाआयोजना गरेको देउडा कार्यक्रममाबोल्दै मन्त्री साउदले सांस्कृतिक एकता नभएसम्म बलियो राज्य बन्न नसक्ने बताउँदै मन्त्री साउदले भने, “देउडा सुदूरपश्चिमको पहिचान हो, यो राष्ट्रियकरण भइसकेको छ । प्रधानमन्त्रीज्यूले गौरालाई राष्ट्रिय चाडको रुपमा मनाउने सरकारले निर्णय गर्ने प्रतिवद्धता जनाइसक्नु भएको छ । अब अन्तर्राष्ट्रियकरण गर्नुपर्छ ।”
सुदूरपश्चिममा फरकफरक संस्कृतिभएपनि एक अर्कालाई सम्मान गरिरहेको बताए । पहाड र तराईमा फरकफरक संस्कृतिभएको भएपनिएकले अर्कालाई सम्मानगरिरहेको बताए । मन्त्री साउदले संस्कृति बलियो भएमात्रै राज्य बलियो हुने भन्दै भने, “यहाँ फरक फरक संस्कृति छ, पहाडले तराईको संस्कृतिलाई सम्मान गरेको छ । तराईले पहाडको संस्कृतिको सम्मान गरेको छ । यहीहो, हाम्रो पहिचान ।संस्कृतिबलियो भएमात्रै राज्यबलियो हुन्छ ।”
सुदूरपश्चिम प्रदेशमा हिमाल, पहाड र तराईमा फरकफरक संस्कृति भए पनि बलियो एकता भएको समेत बताए । “हिमालतथा पहाड र तराईमा रहनसहन र संस्कार र संस्कृति फरक छ तर बलियो एकता छ । यो नै हाम्रो पहिचानहो” मन्त्रीले भने । उनले सांस्कृतिक एकता खलबलिए समाज नै तहसनहस हुने बताए ।कार्यक्रममा बोल्दै मन्त्री साउदले विश्वभर छरिएर रहेका नेपालीमाझ देउडा संस्कृति पुर्याउने पर्नेमाजोड दिए । उनले प्रदेश सरकारले सबै समुदायका चाड पर्व तथा संस्कृतिलाई सम्मानगर्दै समान संरक्षण सम्वर्धन गर्ने प्रतिवद्धता समेत जनाए ।