धनगढी । सुदूरपश्चिमका अधिकांश पालिकाहरुमा सार्वजनिक बिदा दिएको छ । सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा आज ९बिहीबार० सार्वजनिक बिदा दिएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका सहित प्रदेशभरका बिभिन्न पालिकाहरुमा बिदा दिईएको जनाईएको छ । कंञ्चनपुरका सबै पालिकाले बिदा दिएका छन् भने बैतडीका ५ वटा पालिकाले गौरा पर्वको बिदा दिएका छन् ।
धेरै ठाउँमा भदौ ७ गते गौरा पर्व मनाएपनि केहि ठाउँमा २१ गते मनाइन लागिएकाले सुदूरपश्चिमका स्थानीयतहरुले बिदा दिएका हुन् ।
गौरा पर्वको अवसरमा यहाँका गाउँपालिका र नगरपालिकाहरुले स्थानीय बिदा दिएका हुन् । गौरा पर्वको अवसरमा कुनै पालिकाले एक दिन बिदा दिएका छन् भने कुनैले दुई दिन पनि बिदा दिएका हुन् ।
जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र डिलाशैनी गाउँपालिकाले आज बिदा दिएको छ । सुचना तथा शुभकामना सन्देश जारी गर्दै स्थानीय तहले बिदा गरेको छ । दोगडाकेदार र सुर्नया गाउँपालिकाले आज र भोलि सार्वजनिक बिदा दिएको छ ।
आज गौरा पर्वको मुख्यदिन गौराष्टमी अर्थात अठ्यावाली मनाइँदै छ । भदौ ७ गते नमनाएका ठाउँमा सुदूरपश्चिमको मुख्य पर्व गौरा रौनक छ ।