धनगढी : आज धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा अन्तिम समयमा स्थगित भएको छ । सुदूरपश्चिम प्रदेशको आजको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरी आउने तयारी गरिरहेका थिए ।
अन्तिम समयमा कार्यक्रम स्थगित भएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए । हिजो उक्त कार्यक्रम लुम्बिनी प्रदेशमा आयोजना गरिएको थियो । मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने तयारी गरेको हो । आज सुदूरपश्चिम प्रदेशको कार्यक्रम स्थगित भए पनि अब कहिले हुन्छ भन्ने बारे टुङ्गो लागेको छैन ।