धनगढी। कैलालीमा सामुदायिक वनको छेउमा लुकाएको अवैध काठ फेला परेको छ। आइतवार कैलालीको कैलारी गाउँपालिका- १ मझेरा बमनगरबाट सामुदायिक वनको छेउमा लुकाएको अवैध काठ बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलिले लठुवा सामुदायिक वनको छेउमा लुकाएको अवस्थामा काठ वरामद गरेको हो। अवैध सालको काठ १२ फिट २ वटा गोलिया, १४ फिट १ वटा गोलिया गरी जम्मा १२६.४७ क्यूफिट काठ बरामद गरेको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ। काठ आवश्यक कारबाहीका लागि सव डिविजन वन कार्यालय वसन्ताको जिम्मा लगाएको छ।