कञ्चनपुर। कञ्चनपुरमा प्रहरीले तस्करीमा संलग्न ट्रकचालक नियन्त्रणमा लिएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बाणीबाट प्रहरीले भारतबाट भन्सार छलेर ल्याइउका सामानसहित १ ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको हो।
शसक्रबार भन्सार छलेर ल्याइएका अन्दाजी १ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरका चिनी, सलाई, छोहरालगायतका सामानसहित सो सामान बोक्ने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बाणीको संयुक्त गस्ती टोलीले सो सामान वरामद गरेको जनाइएको छ।
प्रहरीका अनुसार शुक्रबार नै बेलौरी नगरपालिका-६ बैसाखा र भीमदत्त नगरपालिका–४ भासीबाट भन्सार छलेर ल्याइएको अन्दाजी ६५ हजार रुपैयाँ मूल्य बराबरको माछा, खेलौना, युरिया, चिनी, दाल, सुर्ती, चप्पललगायतका सामान वरामद गरिएको छ । वरामद माछा स्थानीय जनप्रतिनिधि, पत्रकार र सामाजसेवीलगायतको रहोबरमा नष्ट गरी बाँकी सामान भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।