धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा।आरजु राणा देउवाले पार्टीको हितमा लाग्नुपर्ने बताएकी छिन। नेपाली कांगेस कैलाली क्षेत्र नम्बर ५ले अयोजना गरेको क्षेत्रीय भेलामा बोल्दै उनले सो कुरा बताएकी हुन ।
कार्यक्रममा बोल्दै डा।देउवाले पछिल्लो समयमा पार्टीमा बस्ने ,पद लिने, तर पार्टीको हित बिपरित काम गर्ने प्रबृति मौलाएको भन्दै पार्टीको हितका काम गर्नपर्ने उनले बताईन । क्षेत्रीय भेलाको प्रमुख अतिथि समेत रहेकी डा।देउवाले पार्टीले गरेका साकारात्मक गतिबिधिहरुको सामाजिक संजालको माध्यामबाट प्रचार गर्नुपर्ने समेत उनको भनाई छ ।
डा।देउवाले भनिन्, ”पछिल्लो समयमा महिला हिंसा बढेका कारण नेपाली कांग्रेसले महिला हिंसालाई नियन्त्रण गर्न सक्रिय भएको छ । जसकालागि छुट्टै संयन्त्र बनाएर महिला हिंसा नियन्त्रमा सक्रियता देखाएको छ । ”
आफु राजनितिमा सक्रिय भएदेखि आफुमाथि षड्यन्त्र हुन थालेको बताउनुहुदै जस्तो सुकै षड्यन्त्र भएपनि आफु अबिचलित नहुने बताईन ।
नक्कली भुटानी शरणार्थीका आफ्नो नाम अनावश्यक रुपमा चर्चाका ल्याईएको बताउँदै डा।देउवाले यसमा आफ्नो कुनै दोष नभएको स्पाष्ट पारीन । उनले भनिन् , ” खाएको बीस पो लाग्छ नखाएको बीस कसरी लाग्छ रु ”
कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, शशिला मिश्र भट्ट, जीवन राना, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह , प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्त , सुदूरपश्चिम प्रदेशका भौतिक मन्त्री प्रकाश बहादुर देउवा लगाएतको सहभागिता रहेको थियो ।
डा देउवा र राना सम्मानित
नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ कार्य समितिले नेपाली कांग्रेस की केन्द्रीय सदस्य डा। देउवालाई सम्मान गरेको छ कैलाली निर्वाचन क्षेत्र नम्बर ५मा बिकास गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै क्षेत्रिय कार्य समितिले सम्मान गरेको हो । उनलाई क्षेत्रीय सभापति भीम पडालले दोसल्ला सहित सम्मान पत्रका साथ सम्मान गरिएको हो ।
यस्तै राना समुदायबाट नेपालमै पहिलो बिद्याबारीधी गरेको भन्दै जीवन रानालाई समेत सम्मान गरिएको छ । राना पनि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् ।