धनगढी। सुदूरपश्चिममा बाढी र पहिरोले क्षति गरेका ठाउँमा गएर सरकार रमिते मात्रै बनेको राप्रपाका सांसद खेमादेवी विष्टले बताएकी छिन्। प्रदेश सभाको विशेष समयमा बोल्दै सांसद विष्टले दुखमा परेका जनतालाई दिनुको सट्टा रमिता मात्रै हेरेर फर्किने गरेको उनले आरोप लगाइन।
लामो डेढमहिनापछि सदन चलेकोले जनताका प्रत्यक्ष सरोकारसँग जोडिएका बिषय प्रदेश सभा मार्फत सम्बोधन हुन नसकेको बताइन् । डेढमहिनापछि सदन चल्नु र प्रदेश सरकारले प्रत्येक्ष जनताका गुनासालाई सम्बोधन नगरिदा प्रदेश सरकार भएको आभाब जनताले गर्न नसकेको उनले बताइन्। उनले भनिन्, साउन २२ गते अविरल बर्षाका कारणले गोदावरी ४ को नगरपालिकाको गोदावरी धाम,सलानी गडा, भ्यागुत्ते पानी, दोगडा र बन्देगडामा बुढीतोलाको चुरे भावर लगायतका क्षेत्रको जनजिवन निकै प्रभावित बनेको छ। धेरै बिस्तापति भएका छन्, जनता अस्तबेस्त भएका छन् १०० घरपरिवार बिस्तापित भएका छन्।
उनले भनिन्, यत्रो दिन बित्दासम्म पनी प्रदेश सरकारले चाँसो नदिएको छैन्। विभिन्न वडामा बाढी र पहिरोले वितण्डाका कारण घरबार विहीन हुँदा पनि प्रदेश सरकार गम्भिरता पुर्वक नलिएको र मुख दर्शक भएर बसेको छ। उनले सरकारले बाढी र पहिरोबाट पीडित भएका जनताको पीडामा थोरै भए पनि मलम लगाउन अनुरोध गरिन्। बिस्तापति भएर अन्यत्र बसाईसर्न बाध्य भएको उनको भनाई छ।प्रदेश सरकारले छिटो भन्दा छिटो जनताको पिडामा मलहम लगाउनुपर्छ उनले भनीन् । यस्तै सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य चक्र मल्लले यो सरकार जनता प्रति उदासिन भएको बताएका छन् ।
प्रदेश सभाको २२ औं बैठकको शून्य समयमा बोल्दै योत्रो बाढी जाँदा पनि यो सरकारले जन्ताहरु प्रति चासो नदेखाएको बताका छन् । उनले भने बाढीको बितण्डा भयो, पहाडी सात जिल्ला जोड्ने सड्क अवरुद्ध हुँदा केही नबोल्न, पहिरो पिडितहरु खुल्ला आकाशमा त्रिपाल मुनी बस्न बाध्य छन् यसमा सरकारले के गर्न सक्यो त खै प्राथमिकता दिएको ? डोटीको पुर्वीचौकी गाउँपालिकाका भुकम्प पिडीतहरुले अझै राहात पाउन सकेको छैन यो सरकारले के गर्न खोजेको हो ? सुदूरपश्चिम सरकार पीडामा परेका जनतालाई राहत दिएर अविभावक भएको महसुस दीनुका सट्टा पीडीतका पीडाको रमीते बन्ने गरेको उनले आरोप लगाए । बाढी र पहीरो गएका ठाउमा हुलका हुल बाधेर गएको सरकारले अहिले सम्म राहतको नाम मात्रै पनी घोषणा गर्न नसक्नु लाजमर्दो कुरा भएको बताए ।